प्रधानमन्त्रीले भने – म्यासेन्जरमा बधाई दिनू, भेटमा पनि खादा नल्याउनू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका छन्। उनले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका हुन् ।

विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका बताउँदै प्रधानमन्त्री ओ‌लीले डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा सबैकाे समयको पनि बचत हुने सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।

साथै उनले शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गरेका छन् । ओली प्रधानमन्त्री बनेपछि शुभकामना दिन ओइरो लागेपछि उनले यस्तो आग्रह गरेका हुन् । साथै अन्य मन्त्रीहरुलाई पनि भेटेर शुभकामना र बधाई दिन आउनेको ओइरो लागेको छ ।

उनले फेसबुकमा लेखेका छन्,’ विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु।’

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ३३ बजे