नयाँ दिल्ली— भारतीय रिजर्भ बैंकले भारतको द्रुत भुक्तानी प्रणाली (एफपीएस ( एकीकृत भुक्तानी इन्टरफेस (यूपीआई) लाई सीमापार व्यक्तिबाट व्यक्ति (पीटुपी) र व्यक्तिबाट व्यापारी (पीटुएम) भुत्तानीको लागि विभिन्न देशहरूसँग द्विपक्षीय रूपमा सहकार्य गरिरहेको छ।
भारत र यसका साझेदार देशहरूले द्रुत भुक्तानी प्रणालीको यस्तो द्विपक्षीय कनेक्टिभिटी मार्फत लाभ लिन जारी राख्न सक्छन् । बहुपक्षीय दृष्टिकोणले भारतीय भुक्तानी प्रणालीको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नका लागि प्रयासहरूलाई थप गति दिनेछ।
भारतीय रिजर्व बैंक क्रस—बोर्डर खुद्रा भुक्तानीको लागि पहल गरिरहेको छ । यस अबधारणा मार्फत चार आसियन देशहरू मलेसिया, फिलिपिन्स, सिंगापुर र थाइल्याण्ड जोड्ने लक्ष्य राखिएको छ ।
प्लेटफर्मलाई थप देशहरूमा विस्तार गर्न सकिने बताइएको छ । प्लेटफर्म २०२६ सम्म लाइभ हुने अपेक्षा गरिएको छ।
एक पटक कार्यान्वयन भएपछि खुद्रा क्रस—बोर्डर भुक्तानीहरूलाई प्रभावकारी, छिटो, र अधिक लागत प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
प्रतिक्रिया