चितवन दुर्घटना अपडेट : नदीमा खसेको एञ्जल डिलक्समा थिए १७ नेपाली र ७ भारतीय (नामसहित)



नारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको खुलेको छ । बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स मार्फत वीरगञ्ज काउन्टरका बुकिंग गरेको लिस्ट भेटीए पछि खुलेको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर परिचालित छन् । चितवनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै बसमा चालकसहित ६५ जना सवार रहेको बताएका छन् ।

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरो र पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको दुई वटा बस अझै फेला पार्न सकिएको छैन । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ५१ बजे