चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रु बसमा ५४ जना सवार रहेको खुलेको छ। नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका ५४ जनामध्ये १७ जना यात्रुको नाम खुलेको छ। बेपत्ता हुने एउटा बसमा गाडी धनी पनि रहेका प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बिहान दुईवटा वसलाई पहिरोले त्रिशूलीमा खसाउँदा करिब ५४ जना बेपत्ता भएका छन्। यसअघि प्रहरीले करिब ६५ जना त्रिशूलीमा बेपत्ता भएका जनाएको थियो।
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस धनी राजेन्द्र केसी पनि त्रिशूलीमा बेपत्ता रहेका छन् । उक्त बसका चालक, सहचालक पनि यात्रुसँगै नारायणीमा बेपत्ता छन्।
आज बिहान आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स (नम्बर खुल्न बाँकी) बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३ ००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।
यी हुन् नाम खुलेका बेपत्ता १७ यात्रु
प्रतिक्रिया