काठमाडौं । चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको थियो । दुवै गाडीमा गरी ६५ जना सवार थिए ।
स्थानीय बासीका अनुसार केही यात्रुले झ्यालबाट फलानेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन बाट बाट ४५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २५ जना परिचालन गरिएको थापाले बताए।
भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।
प्रतिक्रिया