उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा



काठमाडौं – उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ ।

खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

हिलो हाफको इन्ज्युरी समयमा डानियल मुनोजले कार्ड खाँदै मैदान छाडेपछि कोलोम्यिबा १० खेलाडीमा सिमित भएको थियो। योसँगै अब उनले फाइनल खेल गुमाउनेछन्।

कोलोम्बियाले दोस्रो हाफ पुरै १० खेलाडीमा बिताएपनि उरुग्वेले गोल फर्काउन सकेन। कोलोम्बियाले अब उपाधिका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ।

बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिले फाइनलमा स्थान पक्का गरिसकेकाे छ। फाइनल खेल सोमबार बिहान हुनेछ।

सेमिफाइनलमा पराजित क्यानडा र उरुग्वेले भने तेस्रो स्थानका लागि आइतबार बिहान खेल्नेछन्।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ९ : ५७ बजे