नर्वेमा चीनका लागि जासुसी गरेको आरोपमा एक व्यक्ति पक्राउ



ओस्लो— चीनको लागि कथित रूपमा जासुसी गरेको आरोपको सुनुवाइ गर्न एक नर्वेली व्यक्तिलाई ओस्लो अदालतमा हाजिर गराएको नर्वेको अनुसन्धान केन्द्रले जनाएको छ ।

‘हामी प्रारम्भिक चरणमा छौं। अझै असन्धान गर्न बाँकी नै रहेको छ’, अनुसन्धान केन्द्रका प्रवक्ता थोमस ब्लोमले भने।

उनको बारेको सबै विवरण गोप्य राखिएको छ । उनलाई ओस्लोको गार्डरमोएन एयरपोर्टमा चीनको यात्राबाट फर्कने क्रममा पक्राउ गरिएको थियो । अधिकारीहरूका अनुसार उसलाई कम्तिमा चार हप्ताको लागि हिरासतमा राखिने बताए।

ब्लोमले उसको साथमा डेटा बोक्ने उपकरणहरू रहेको बताएका छन् । ती व्यक्ति दोषी प्रमाणित भएमा १० वर्ष जेल सजाय हुन सक्नेछ।

संदिग्धको प्रतिनिधित्व गर्ने वकिल मारियस डिट्रिचसनले भने ती व्यक्तिले दोषी नभएको स्वीकार गरेका छन् ।

यो गिरफ्तारी बेइजिङसँगको ओस्लोको तनावपूर्ण सम्बन्धको पछिल्लो विकास हो । ओस्लोमा रहेको नोबेल शान्ति पुरस्कार समितिले सन् २०१० मा कैदमा परेका चिनियाँ लिउ जियाओबोलाई पुरस्कार दिने निर्णय गरेको छ । नोबेल पुरस्कारमा नर्वे सरकारको कुनै संलग्नता छैन।

यसपछि चीनले नर्वेसँगको व्यापार सम्झौता खारेज गरेको थियो भने नर्वेली सामानको आयात नियन्त्रण गरेको छ ।

 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : २९ बजे