पाकिस्तानमा हत्या गरिएका पत्रकार खलील जिब्रानको परिवारलाई निरन्तर धम्की



खैबर— पाकिस्तानको लन्डी कोटलको सुल्तानखेल क्षेत्रमा रहेको घर नजिकै रहेको व्यावसायमा अज्ञात व्यक्तिले आगजनी गरेपछि हत्या गरिएका पत्रकार खलील जिब्रानका परिवारले तत्काल सुरक्षित स्थानमा सार्न आग्रह पाकिस्तानी सरकारलाई आग्रह गरेका छन् ।

खलीलका १७ वर्षीय छोरा र १५ वर्षीया छोरीले जुन १८ तारिख आफ्नो बुबाको हत्या र आफूहरुको स्नुकर क्लबमा आगजनी गरेपछि आफूहरु निकै असुरक्षित भएको गुनासो गरेका छन् ।

माध्यमिक तहमा अध्ययनरत खलीलका छोराले बुवाको हत्यापछि परिवार अझै शोकमा रहेको बताए । उनीहरुको व्यावसायिक सम्पत्तिलाई लक्षित गरी अज्ञात व्यक्तिले आम्दानीको एक मात्र स्रोतबाट वञ्चित गर्ने उनको भनाइ छ ।

‘स्नुकर क्लब तुरुन्तै बन्द नगरेमा ती व्यक्तिहरूले उनीहरूलाई ‘भयानक परिणामहरू’ सामना गर्नुपर्ने धम्की पनि दिएका थिए। उनले भने, ‘यो क्लब अहिले हाम्रो आम्दानीको एक मात्र स्रोत बनेको छ भने बुबाको हत्या पछि हामी निकै असुरक्षित र भयभीत भएको महसुस गरेका छौं’, उनले भने ।

खलीलकी छोरीले स्नुकर क्लबमा आगजनी गरेपछि जुनसुकै बेला मानिसहरु घरभित्र पस्न सक्ने भएकाले उनीहरुको सम्पूर्ण परिवार निकै मानसिक तनावमा रहेको बताइन् ।

खलीलको हत्यामा संलग्न व्यक्तिहरूबाट जुनबेला पनि बदला लिने डरले घरबाट बाहिर निस्कन नसक्ने भएकाले उनी र अन्य दुई दिदीबहिनीको पढाइलाई निरन्तरता दिने चिन्तामा थिइन्। ‘हाम्रा बुबा हाम्रो शिक्षामा धेरै चासो राख्नुहुन्थ्यो र हामीले हाम्रो पढाइ पूरा गरोस् भन्ने चाहनुहुन्थ्या’,े उनले भनिन्।

मृतकका दुवै छोराछोरीले आफ्नो जीवन निरन्तर खतरामा रहेको र आफ्नो परिवारलाई सुरक्षित स्थानमा तुरुन्तै स्थानान्तरण गरेमा मात्रै उनीहरूलाई अस्थायी राहत र अति आवश्यक सुरक्षा प्रदान गर्न सकिने कुरामा जोड दिए। उनीहरुले डरले पहिलो सूचना दर्ता नगरेको बताए ।

उनीहरुले संघीय र प्रादेशिक सरकारहरुलाई अनुसन्धान टोली गठन गरी उनीहरुलाई बुवाको हत्याको क्षतिपूर्ति र व्यावसायिक सम्पत्ति जलाउनेको लागि पर्याप्त क्षतिपूर्ति प्रदान गरी दुईवटा भयानक घटनाको गम्भीरताका साथ अनुसन्धान गर्न अपील गरेका छन्।

यसैबीच, जिल्ला प्रहरी अधिकृत सलिम अब्बास कुलाचीले खलील जिब्रानको हत्या प्रकरणमा १२ भन्दा बढी संदिग्धमाथि अनुसन्धानमा भइरहेको भएपनि अनुसन्धानमा अहिलेसम्म कुनै ठूलो प्रगति नभएको पाकिस्तानी अखबार डनलाई बताए।

खलीलको हत्या भएको मजरीना क्षेत्र वरपरका उपयुक्त ठाउँमा क्लोज सर्किट सेक्युरिटी क्यामेरा जडान गर्ने र सुल्तानखेल बजारमा अनुचित तत्वको गतिबिधिमा निगरानी राख्न चेकपोष्ट पनि स्थापना गरिने जिल्ला प्रशासन र सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त क्षेत्रमा चार महिनाअघि अपरिचित हतियारधारीले एक प्रहरीको हत्या गरेका थिए । यस्तै, करिब एक महिनाअघि सुल्तानखेल बजारमा ट्याक्सी चालकको पनि हत्या भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : २८ बजे