मिना ढकाललाई प्रहरीले गर्यो पक्राउ



काठमाडौं : हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केहि युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबि लगाउँन पुगेकी थिइन् । मिना युवाहरुको ग्रुप लिएर घर पुग्दा मनोज भने थिएनन् । ८५ बर्षकी गजुरेलकी आमालाई धम्काई, लछारपछारपारी चाबि लगाएर हिंड्न लागेका बेला छिमेकीहरुले प्रहरीलाई खबर गरिदिएपछि उनलाई पक्राउ गरेको हो ।

२०७४ सालमै सहमतिमै सम्बन्धविच्छेद भैसकेपछि पनि मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रह’त्या गर्दै आएकी थिइन् । तर मीनाले यो पल्ट भने घरमै चाबि लगाउँन पुगेकी हुन् ।

मीनाले आफैंले मनोज गजुरेलसँग डिभोर्स मागेको र आफूले पाएको अंशप्रति सन्तुष्ट रहेको त्यो बेला बताएकी थिईन् । तर पनि मीनाले सम्बन्धविच्छेद ७ बर्ष सम्म पनि गजुरेललाई सामाजिक संज्जाल मार्फत चरित्रहत्या गर्न छोडेकी छैनन् । गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरि क्यानेडामा रहेकी छन् भने छोरा गजुरेलसंगै बस्दै आएका छन् ।

पारिवारिक समहमतिमै पारपाचुके गरेका मनोज र मीनाबीच मिडियामा एकअर्काप्रति कुनै आरोप-प्रत्यारोप नलगाउने सहमति समेत भएको थियो । विकसित देशमा प्रेम र विवाह निजी मामला मानिन्छन् । यही कारण चर्चित सेलिब्रेटीका विवाह र पारपाचुकेका सामान्य समाचार बने पनि त्यसले खासै ठूलो बहस निम्त्याउँदैनन् । तर, नेपालमा प्रेम, विवाह र बिछोडका घटनाहरु ठूलै सामाजिक मुद्दा बन्ने गरेका कारण हुन सक्छ, मनोज-मीनाको दाम्पत्य जीवनका विषयमा पनि विभिन्न किसिमका टीका टिप्पणी सुरु देखिनै आएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ३२ बजे