शिक्षा मन्त्रीलाई गएर सोध्नुहोस नेपालको शिक्षा नीति के हो भन्ने चिज कति आउँछ ?



तपाईँ इङ्ल्याण्ड ल्याएर पढाउने । तपाईँ अमेरिका ल्याएर पढाउने । A for Appele B for ball G for Gentlemen बनाएर पढाउने । ह्याट टोपी लगाएको, टाई सुट लगाएको पढाउने । तपाईँको बा चाहिँ जेन्टलमेन बन्न नपाउने ? तपाईँका आमा जेन्टल बन्न नपाउने ? अहिले बच्चालाई के पढाइँदैछ भने वेस्ट इज बेस्ट भनेर पढाईयो अहिले रटाएकै त्यही हो ।

मन्टेसोरी होइन मुन्टेसोरी हो । त्यो मुन्ट्याएर लाने देखि a for Appele b for ball g for Gentelmen बनाएर पढाउने । अनि पश्चिम भनेको एकदम राम्रो हो । विदेश राम्रो हो भनेर पढाउने । तपाईँले यहाँको मुक्तिनाथ कहिले पढाउनु भयो ? पाथिभरा कहिले पढाउनु भयो ? तपाईँ सवाना घाँसे मैदान पढाउने, उत्तर अमेरिकाको हावापानी पढाउने, पहिलो विश्वयुद्ध र दोश्रो विश्वयुद्ध पढाउने, बोस्टनको चिया काण्ड पढाउने, बिदेशीको अमेरिका र युरोप, स्विजरल्याण्ड पढाउने ।

यहाँको कहिल्यै पढाउनु भयो ? यहाँका भेडा गोठ कहिल्यै पढाउनु भयो ? यहाँका राम्रा चिज कहिल्यै पढाउनु भयो ? यहाँको Airport बाट निस्कनुस त्यहाँ चित्र हेर्नुहोस खैरेले खिचेका हामी नेपाली नाकबाट सिगान झार्दै गरेका, भारि बोक्दै गरेका, भेडा चराउँदै गरेको खिचेर राखेको छ के त्यो नै हो राम्रो Reality ? हामि त्यति मात्रै हौँ ? हाम्रो पशुपतिनाथ छैन ? पेरिस नबन्दै बनेको बुढानिलकण्ठको मूर्ति कहिल्यै पढायौ ? चारौँ शताब्दीको चांगुनारायण कहिल्यै पढायौ ? पसुपथीनाथ कहिल्यै पढायौ ?

राज्यका निकायमा बसेकाहरू र संस्कृति मन्त्रीलाई गएर सोध्नुहोस संस्कृति कति आउँछ ? शिक्षा मन्त्रीलाई गएर सोध्नुहोस नेपालको शिक्षा नीति के हो भन्ने चिज कति आउँछ ? अक्सफोर्ड र हार्डवर्ड पढ्दैमा नेपालको शिक्षाविद भैदिन ? त्यसको लागि नेपालको माटो पढ्नुपर्छ, नेपालको संस्कृति पढ्नु पर्छ ।

नेपालको वेद, महाभारत, रामायण पढ्नु भएको छ तपाईँले ? अनि तपाईँ शिक्षा मन्त्रि बन्ने अनि संस्कृति मन्त्रि बन्ने ? तपाईँ देउथलको युद्ध पढ्नु भएको छ ? सिन्धुलीगढ़ीको युद्ध पढ्नु भएको छ ? पृथ्वीनारायण पढ्दै नपढीकन तपाईँ पश्चिम पढ्दै नपढीकन तपाईँ यहाँको रक्षाविद भन्नु हुन्छ ? त्यसकारण यहाँको सबै चिज सुधार्ने हो भने नेपालको शिक्षा नीति सुधारौँ । हाम्रा संस्कृतिका हाम्रा आस्था, मूल्य, मान्यताहरूलाई पुनर्स्थापित गरौँ यो नै सबभन्दा देश बिकास हो । बिकास भनेको ढुंगा माटो मात्रै थुपारेर देश बिकास हुने होइन ।

(साझा कथामा भुषण दाहालले लिएको अन्तर्वार्तामा Dr. Swami Keshavananda ले बोलेका कुराहरुको केहि अंश)

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ३७ बजे