काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले पूर्वमन्त्री प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ। समाजवादीको जारी दशौँ महाधिवेशनमा घोषणा गरिएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा आलेको नाम छैन।
शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्। असार १६ गतेदेखि सुरु भएको दशौँ महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने घोषणा गरेका हुन् ।
यता सांसद प्रेम आलेले आफू उक्त पार्टीमा नरहेको बताएका छन् । आलेले भने : माधव नेपालको एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरू पदाधिकारी छन् । ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा बस्दिनँ भनेको थिएँ’,‘अब म त्यो पार्टीमा रहन्नँ, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु ।’
प्रतिक्रिया