इघुर समुदायको अंगलाई ‘हलाल अंग’ भन्दै चीनले व्यापार गर्दै



वासिङ्टन डिसी— चीनमा उइघुरहरूको जबरजस्ती अङ्ग काट्नेलगायतका मानवअधिकार हननका हुने गरेको छ ।

भर्खरै अमेरिकी कंग्रेस समितिको सुनुवाईमा, विज्ञहरूले चिनियाँ अधिकारीहरूले उइघुर मुस्लिम अल्पसंख्यकबाट आनुवंशिक जानकारी सङ्कलन गरेको आरोप लगाए। चीनले उनीहरुको जबरजस्ती अंग निकालेर मुस्लिम बाहुल्यता भएको देशमा अंग प्रत्यारोपण कार्यक्रमलाई सहयोग गरिरहेको छ।

उइघुर—अमेरिकी राजनीतिज्ञ सालिह हुडायरले चीनले उइघुर नरसंहारको एक भागको रूपमा बालबालिकाको अंग प्रत्यारोपण केन्द्रु उद्घाटन गरेको छ । उनले चीनले उइघुरहरूको अंगहरू काट्दै उनीहरुको अंगलाई ‘हलाल अंग’ भनेर बेचिरहेको आरोप लगाएका छन् । चीनमा उइघुर बालबालिकालाई जबरजस्ती परिवारबाट अलग गरिएको बताइएको छ ।

द वल्र्ड विदाउट जेनोसाइड, मिनेसोटामा रहेको गैर—नाफामूलक संस्थाले अंग प्रत्यारोपण उद्योगको मागलाई पूरा गर्नका लागि उइघुरहरूलाई मारिने गरेको छ । मानव अंगको वार्षिक १ अर्ब को व्यापार हुने गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : २३ बजे