सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने निर्णय गरेको छ । लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरिएको हो । उक्त निर्णय जुलाई १ देखि लागू भएको छ ।

यसअघि सन्दीपविरुद्ध करणीको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो । जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्टाउँदै उनलाई सफाइ दिएको थियो ।

क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : १२ बजे