संयुक्त राष्ट्र संघद्वारा उइघुर डाक्टरको अवस्था सार्वजनिक गर्न चीनलाई आग्रह



डब्लिन — संयुक्त राष्ट्रसंघले जेल सजाय सुनाइएका उइघुर डाक्टरको अवस्था सार्वजनिक गर्न चीनलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघकी मानव अधिकार विशेष प्रतिनिधि म्यारी ललरले आतंकवादीको आरोपमा सन् २०१९ मा २० वर्ष जेल सजाय सुनाएका डा गुल्शन अब्बासको अवस्था सार्वजनिक गर्न आग्रह गरेकी हुन् ।

ललरले उनलाई पक्राउ गरेको ६ वर्ष भईसक्दा पनि परिवारलाई उनको अवस्थाको बारेमा थाहा छैन र उनलाई किन पक्राउ गरियो भन्ने कुरा पनि जानकारी नदिइएको बताइन् । ।

धेरै स्वास्थ्य समस्याहरुबाट पीडित डा अब्बासलाई उनको परिवारलाई कुनै जानकारी बिना पक्राउ गरिनुको साथै उनलाई कुन जेलमा राखिएको छ भन्ने पनि जानकारी दिइएको छैन् ।

२०२० मा चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको वक्तत्वमा डा अब्बास आंतकवादी संगठनमा आबद्ध भएको, आतंकवादी संगठनलाई सहयोग गरेको तथा सामाजिक विचलन ल्याउन भीड जम्मा गरेको उल्लेख गरेका छन् ।

उनका अनुसार उनी कुनै पनि राजनीतिक तथा मानअधिकार अभियानमा संलग्न नभएको बताइन् । उनलाई उनी बहिनी रुसान अब्बासलाई पक्राउ गरेको केही दिनमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : ०६ बजे