काठमाडौं । मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा नदिई फर्किएका छन् ।
सरकारमा रहेको सबभन्दा ठूला दल एमालेले समेत समर्थन फिर्ता लिइसकेको अवस्थामा राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद् सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताएका छन् ।
‘संसदलाई फेस गरिरहँदा मलाई साथ दिनुस् भन्नुभयो । हामी त्यसै पनि अर्को गठबन्धनमा, अर्को सरकारमा जाँदैनौं’, परियारले भने, ‘हाम्ीले उहाँलाई तत्कालै जतिसक्दो चाँडो संसदलाई फेस गर्ने मिलाउनुहोला, हामी पनि पार्टीमा आन्तरिक छलफल गर्छौं भन्यौं ।’
उनले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरू त्यतिबेला सम्म पर्खिन तयार भएको बताए ।
प्रतिक्रिया