राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने- कांग्रेस-एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा स्वागतयोग्य भएको बताएको छ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संबिधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संविधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका छन् । अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडी बढाउँछन् भन्ने विषय आफूहरूले नजिक बाट हेर्ने र सोही अनुसार निर्णय गर्ने उनले बताए ।

उनले आफूहरूले कुनै एजेन्डा बनाएर छलफल नगरेको तर फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताए ।

बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतकसमेत रहेका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘परिवेश परिस्थिति मूल्यांकन गरेर संविधान संशोधनको पक्षमा उभिन्छ ।’

पदाधिकारी बैठकले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनअनुसार गठन हुने सरकारमा सहभागी हुनेबारेमा भने कुनै निर्णय नगरेको शाहीले बताए ।
प्रमुख सचेतक शाहीले पार्टीका तर्फबाट आफू कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुने पनि जानकारी दिए ।
देउवाले मंगलबार हाल प्रतिपक्षमा रहेका सबै दलहरुलाई छलफलका लागि बूढानिलकण्ठ बोलाएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : ३२ बजे