सरकार परिवर्तनको चर्चाले सेयर बजारमा उत्साह, एकै दिन ४७ अंकले बढ्यो



काठमाडौं । मंगलबार राजनीतिक उथलपुथलसँगै उच्च उत्तारचढाव भएको सेयरबजारमा उत्साह देखिएको छ । सोमबार र मंगलबार बिहानै सरकार परिवर्तनको चर्चासँगै कारोबारको पहिलो १ घण्टामा दुईपटकसम्म सर्किट ब्रेक लागेको नेप्से अन्तिम समयमा ४७.०४ अंकले बढेर बन्द भएको हो ।

आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका १ करोड १६ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ नाघेको छ ।

आज सेयर बजारमा उत्साह छाएसँगै सबै समुहको परिसुचकमा हरियाली छाएको छ । यसरी आज २ सय २७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १७ कम्पनीको सेयरमूल्य मात्रै ओरालो लागेको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ५ : ०५ बजे