ओलीले भने : ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो, राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी दिँदै मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

भेटमा ओलीले भने : ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’ तर प्रचण्डले ओलीको कुरा अस्विकार गर्दै भने : ‘हेर्नुहोला म ३० दिनभित्रमा विश्वासको मत लिन्छु र फेरि कम्फर्टेबल सरकार चलाउँछु।’

गएराती कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्ने बारे छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : ३४ बजे