काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री दाहालसँग भेट्न उनी केही बेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरङ्गित बनेको छ।
सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ। आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो।
यता कांग्रेस सभापति देउवाले सोमबार पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
प्रतिक्रिया