भारतद्वारा सन् २०२४ मा अहिलेसम्मकै उच्च समुद्री खाना निर्यात



नयाँ दिल्ली— भारतले समुद्री खानाको निर्यात आर्थिक वर्ष २०२३—२४ को अवधिमा हालसम्मकै उच्च मात्रामा पुगेको भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अनुसार भारतले आर्थिक वर्ष २०२३–२४ मा ६०, ५२३ दशमलव ८९ बिलियन भारतीय रुपैयाँ बराबरको १७,८१,६०२ मेट्रिक टन समुद्री खाना निर्यात गरेको छ।

भारतले निर्यात गरेको प्रमुख समुद्री खानामा फ्रोजन झिंगे माछा रहेको छ । यो माछा संयुक्त राज्य अमेरिका र चीनमा सबैभन्दा धेरै निर्यात भएको छ ।

आर्थिक वर्ष २०२३—२४ मा परिमाणका हिसाबले निर्यात २ दशमलव ६७ प्रतिशतले सुधार भएको छ। भारतले आर्थिक वर्ष २०२२—२३ मा ६३, ९६९ दशमलव १४ क
रोड बराबरको १७,३५,२८६ मेट्रिक टन समुद्री खाना निर्यात गरेको थियो ।

भारतको फ्रोजन झिंगे माछा अमेरिका पछि चीनले बढी आयात गरेको छ । यस्तै, यूरोपियन युनियन, दक्षिणपूर्वी देश, जापान र मध्यपूर्वी देशले क्रमश आयात गरेका छन् । ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १ : ३६ बजे