अमेरिकाद्वारा थुनामा रहेका महिला अधिकारकर्मीहरुलाई तत्काल रिहा गर्न चीनलाई आग्रह



वासिङ्टन— संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार तथा महिला अधिकारकर्मी ह्वाङ जुइकिन (सोफिया ह्वाङ) र श्रम अधिकारकर्मी वाङ जियानबिङलाई दिइएको अन्यायपूर्ण सजायको निन्दा गर्दै दुवै कार्यकर्तालाई तुरुन्त रिहा गर्न चीनलाई आग्रह गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले चीनलाई ह्वाङ र वाङ र अन्य व्यक्तिहरूलाई तुरुन्त रिहा गर्न आग्रह गरेका छन् ।

चीनको सरकारले ह्वाङलाई पाँच वर्षको जेल र वाङलाई तीन वर्ष छ महिनाको जेल सजाय सुनाएको छ।

यसबाहेक, अमेरिकी विदेश मन्त्रालयले चीनलाई अभिव्यक्ति स्वतन्त्रता जस्ता मानवअधिकारको सम्मान गर्न आग्रह गरेको छ।

ह्वाङले यौन उत्पीडनको बारेमा जनचेतना जगाउने उद्देश्यले मिटु अभियान सामाजिक सञ्जाल मार्फत गरेकी थिइन्। उनले विश्वविद्यालय र कार्यस्थलहरूमा यौन उत्पीडनको मुद्धा उठाएको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ ।
सन् २०१९ मा हङकङमा भएको विरोध प्रदर्शनमा सामेल भएकी उनलाई पक्राउ गरिएको थियो । यस्तै, भ्वाइस अफ अमेरिकाका अनुसार वाङले सन् २०१४ देखि कामदार र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्षमा वकालत गर्दै आएका छन्।

अनलाइन सपोर्ट ग्रुप फ्री ह्वाङ जुइकिन र वाङ जियानबिङका अनुसार हाउङले सजायविरुद्ध अपिल गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : ५४ बजे