न्यूयोर्कः चीन उइघुरको बाहुल्यताको भएको सिनजियाङ प्रान्तका धेरै गाउँहरुको नाम परिवर्तन गरिरहेको खुलासा भएको छ । अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार यी गाउँको नामले उइघुर समुदायको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका थिए ।
अहिले यी गाउँका नामहरू चिनियाँ कम्युनिष्ट पार्टी विचारधारालाई प्रतिबिम्बित गर्दै परिवर्तन गरिएको छ ।
चिनियाँ अधिकारीहरूले उइघुरको सांस्कृतिक र धार्मिक मेटाउन गाउँको नाममा परिवर्तन गरेको अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाकी निमित्त निर्देशक माया वाङले बताइन् ।
ह्युमन राइट्स वाचका अनुसार सन् २००९ देखि २००३ सम्ममा यी प्रान्तका २५ हजार गाउँमध्ये ३६ सय गाउँको नाम परिवर्तन भईसकेको छ ।
यतिमात्र होइन चिनियाँ अधिकारीहरूले विश्वभरिका मुस्लिम धर्म मान्ने समुदायका व्यक्तिहरुको दर्जन भन्दा बढी सामान्य नामहरू राख्न पनि प्रतिबन्धित गरेका छन् ।
प्रतिक्रिया