पाकिस्तानमा पूर्वाधार विकासको अवस्था नाजुक



जलगोट— पाकिस्तान नियन्त्रित गिलगिट बाल्टिस्तान (पीओजीबी) मा जगलोट र बोन्जी जोड्ने आरसीसी पुल देशको कमजोर पूर्वाधार विकासको एक उत्कृष्ट उदाहरणको रूपमा देखा परेको छ।

अहिले जीर्ण अवस्थामा रहेको पुल दुर्घटनाको ठूलो जोखिम रहेको स्थानीय प्रतिवेदनले उजागार गरेको छ ।

दुई वर्षअघि निर्माण सुरु भएको यो पुल जोड्ने सडक नहुँदा एक्कासी रोकिएको थियो ।

पुलको काम पुरा नभए पनि स्थानीयवासीले यसलाई पारवहनका लागि प्रयोग गर्न बाध्य भएका छन् । यो पीओजीबीमा निर्माण सुरु भएपनि पुरा नभएको एउटा उदाहरण मात्र हो । यहाँ धेरै विकास निर्माणका काम अलपत्र जस्तै छन् ।

रोचक कुरा त पहिले निर्माण गरिएको काठको पुलले अहिले स्थानीयहरूका लागि आवत—जावत गर्ने एक प्रमुख पुल भएको छ । यो निर्माणाधिन आरसीसी पुलभन्दा राम्रो अवस्थामा छ। स्थानीय विज्ञले यस्ता आयोजनामा ​​प्रयोग हुने सामग्रीको गुणस्तर निकै तल रहेको बताएका छन् ।

यस क्षेत्रको जीर्ण पूर्वाधार र खराब सडकको अवस्थालाई लिएर बासिन्दाहरूले लामो समयदेखि निराशा व्यक्त गर्दै आएका छन्। अवामी एक्शन कमिटी (एएसी) का सदस्यहरूले स्थानीय सडकको दयनीय अवस्थालाई उजागर गर्दै आधारभूत सुविधाहरू प्रदान गर्न सरकार असफल भएकोमा निराशा व्यक्त गरे।

यसैबीच, सरकारले स्थानीयको मागलाई तत्काल सुनुवाई नगरे एएसीका नेताहरुले गिलगिट—बाल्टिस्तानमा आन्दोलन गर्ने गर्ने धम्की दिएका छन्।

वर्षौंदेखि, पाकिस्तानले कब्जा गरेको गिलगिट—बाल्टिस्तानमा अपर्याप्त सडक पूर्वाधार र उनीहरूको गुनासोप्रति सरकारको वेवास्ता गर्दै आएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : ४७ बजे