धर्मशालाः अमेरिकी कंग्रेस सदस्य माइकल म्याकलको नेतृत्वमा रहेको अमेरिकी कंग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले जुन १९ तारिख बुधबारका दिन तिब्बती धर्मगुरु दलाई लामासँग उनको निवास धर्मशालामा भेट गरेको छ ।
अमेरिकी संसदको पूर्व सभामुख न्यान्सी पेलोसी पनि कांग्रेसको प्रतिनिधिमण्डलमा थिइन् । दलाई लामालाई भेट्नुअघि अमेरिकी प्रतिनिधिहरूले मुख्य तिब्बती मन्दिरमा सार्वजनिक अभिनन्दन कार्यक्रममा भाग लिएका थिए।
धर्मशालास्थित सुग्लागखाङ कम्प्लेक्सको चोकमा आयोजित अभिनन्दन समारोहमा बालबालिकाले तिब्बती संस्कृतिको प्रस्तुती तथा प्रदर्शन गरेका थिए ।
धर्मशालास्थित आफ्नो निवासमा भएको भेटमा म्याककलले दलाई लामालाई तिब्बतप्रति अमेरिकी समर्थन बढाउन अमेरिकी कंग्रेसले पारित गरेको द्विदलीय विधेयक द रिजोलभ तिब्बत ऐनको फ्रेम गरिएको प्रतिलिपि प्रस्तुत गरेका थिए।
अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलसँगको भेटमा दलाई लामाले पेलोसीलाई बुद्धको मूर्ति हस्तान्तरण गरेको दलाई लामाको कार्यालयले जनाएको छ ।
अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलका सदस्यहरूले भेटपछि तिब्बती आध्यात्मिक नेतासँग सामूहिक तस्बिर खिचेका थिए।
कांग्रेसको प्रतिनिधिमण्डल मंगलबार भारत आइपुगेको थियो र सोही दिन हिमाचल प्रदेशको कांगडा एयरपोर्टमा केन्द्रीय तिब्बत प्रशासनका अधिकारीहरूले स्वागत गरेका थिए।
गत हप्ता, अमेरिकी कांग्रेसले तिब्बतको स्थिति र शासनको बारेमा उनीहरूको विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्न दलाई लामा र अन्य तिब्बती नेताहरूसँग पुनस् संलग्न हुन बेइजिङलाई आग्रह गर्ने एक विधेयक पारित गर्यो।
अमेरिकी प्रतिनिधि सभाले ुतिब्बत(चीन विवादको समाधानलाई प्रवर्द्धन गर्ने विधेयकु पारित गरेको छ, जसलाई ुरिजोल्भ तिब्बत ऐनु पनि भनिन्छ, र अब यो कानून बन्न राष्ट्रपति जो बाइडेनसमक्ष हस्ताक्षर गर्न लागिएको छ, रेडियो फ्री एशियाले रिपोर्ट गरेको छ। ।
कानुनले तिब्बत प्राचीन समयदेखि चीनको हिस्सा रहेको बेइजिङको अडानलाई अस्वीकार गर्दछ र चीनलाई ूतिब्बतको इतिहास, तिब्बती जनता र दलाई लामा लगायत तिब्बती संस्थाहरूको बारेमा गलत जानकारीको प्रचार बन्द गर्न आग्रह गर्दछ।
प्रतिक्रिया