७ महिना वित्दा पनि जाजरकोट भूकम्प पीडितले पाएनन चीन सरकारले घोषणा गरेको सहयोग



काठमाडौँ । चीन सरकार आफैंलो घोषणा गरेको ढेढ वर्ष भन्दा बढी समय वितिसक्दा पनि जाजरकोटको भूकम्प पीडितले सहयोग रकम पाएका छैनन । अघिल्लो वर्षको कात्तिक १७ गते भूकम्प गएलगत्तै चीनले सहयोगका लागि घोषणा गरेको २६ करोड रुपैयाँ अझैपनि पीडितले नपाएका हुन् ।

गत वर्षको कार्तिक १७ गते मध्यरातमा जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्पका कारण जाजरकोट र रुकममा ठूलो क्षति भयएको थियो । त्यसैगरी डेढ सय बढी मानिसले ज्यान गुमाए भने सयौँ घाइते भए भने हजारौँ घर ढलेका थिए ।

भूकम्पको सात महिनापछि पनि पीडितहरुमध्ये धेरैको जनजीवन अझै सहज हुन सकेको छैन । माओवादी केन्द्रको पकड क्षेत्र मानिए पनि केन्द्रीय पदाधिकारीबीच हानथाप भएसँगै आएको सहयोग सामग्रीकोसमेत सदूपयोग हुन नसकी दुरुपयोग भयो ।

त्यतिबेला छिमेकी राष्ट्रहरुबाट आएको सामग्रीको चरम दुरुपयोग भएको समाचार हरेक मिडियामा छाएकै थियो । सो क्रममा चीनले दिएको १० करोडको भनिएको राहत पनि नेताहरुले आफू सुहाउँदो तरिकाले दुरुपयोग गरे । पीडितका घरबार उजेडिए ।

यता कार्तिक २१ गते नै चीनले २६ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको भए पनि अहिलेसम्म सहयोग गरेको छैन । पछिल्लो समय फेरि सो सहयोग गर्ने चर्चा चलिरहेको छ । यसबाट भने चीनप्रति गरिएको विश्वास कम हुँदै गएको विश्लेषण हुन थालेको छ ।

त्यसै त राम्रो इमेज पार्न नसकेको सरकारले गरेको लगानी सम्मेलनले अपेक्षाकृत सफलता हासिल गर्न त सकेन नै अर्कातिर माओवादीका नेताहरुको गहिरो लसपस र आवतजावत भए पनि जाजरकोट र रुकुमका पीडितका लागि चीनबाट सहयोग लिन नसक्नु दुःखद नै भन्नुपर्छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : १० बजे