रास्वपाको चियापान कार्यक्रममा नेताहरूले घन्टी बजाउन अनुरोध गरे पनि ओलीले पनि मानेनन्



काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ढिलो पुगे ।

ढिला पुगेपनि ओलीलाई सर्वसाधारण र रास्वापाका केही नेताहरूले घन्टी बजाउन अनुरोध गरे पनि मानेनन्। अन्य उपस्थित सबै नेताहरूले घन्टी बजाएर प्रवेश गर्दा ओलीले त्यसलाई अस्वीकार गरिदिए ।

ओलीले गाँजा र अन्य विभिन्न नेपाली मौलिक उत्पादनका स्टल अवलोकनका क्रममा ओलीले गाँजाका कपडा बनाउने तान चलाए । उनले केही बेर तान चलाउँदै कपडासमेत बनाउने काम गरे ।

Photo: Balkot

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ५५ बजे