अपराधीलाई कारबाही गर्न पाकिस्तानका व्यापारीको माग



कराँची— पाकिस्तानका व्यापारी नेता आसिफ सुलेमान बिलवानीको हालै भएको लक्षित हत्याप्रति चिन्ता व्यक्त गर्दै कराँचीका व्यापारी तथा उद्योगीहरूले सेना प्रमुख, प्रधानमन्त्री र सिन्धका मुख्यमन्त्रीलाई लक्षित हत्या, सडक अपराध, सशस्त्र हतियारलगायत अपराधी गतिविधिलाई रोक्न गर्न अपिल गरेका छन् ।

उद्योगी तथा विद्यार्थीको हत्यामा संलग्न अपराधीलाई ७२ घण्टाभित्र पक्राउ नगरे धर्ना र हड्तालसहित आन्दोलन गर्ने चेतावनी उनले दिएका छन् ।

कराँचीमा केही महिनादेखि शान्तिसुरक्षाको अवस्था नाजुक हुँदै गइरहेको छ र यसलाई तत्काल सम्बोधन नगरे अर्थतन्त्रमा थप समस्या थपिनेछ ।

कराँची चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (केसीसीआई) का अध्यक्षले कराँची फेरि अराजकताको अन्धकारमा डुबेको बताए । यहाँ हरेक दिन व्यापारी वा उद्योगी वा विद्यार्थी वा आम मानिसको हत्या भइरहेको छ, जसले कानून प्रवर्तन एजेन्सीहरूको कार्यसम्पादनमा ठूलो प्रश्न खडा गरेको छ।

पछिल्लो तथ्याङ्ग कराचीमा फेब्रुअरी देखि अप्रिल २०२४ सम्म १६३ जना मारिएका थिए र यो संख्या बढ्न सक्ने सम्भावना अझै रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ४६ बजे