आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कति?



काठमाडौँ ।

यतिबेला (बुधबार बिहान ९ः३० बजे) काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले काठमाडौँ उपत्यकाको मौसम बदलीको अवस्थामा छैन।

‘भएको बादल पनि बिस्तारै हट्दै गएको छ’, उनले भने, ‘तर दिउँसो पुनः बादल लाग्ने देखिन्छ।’

उनका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना त छ तर निकै कम छ।

‘आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना जिरो नै त छैन, तर हामीले जम्मा १० प्रतिशत सम्भावना दिएका छौँ।’

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ९ : ५६ बजे