पाकिस्तानको एचआरसीपीद्वारा सरगोधा घटना लक्षित आक्रमण भएको आशंका



लाहोरः सरगोधाको मुजाहिद कालोनीमा एक इसाई व्यक्तिको मृत्यु भएको छ ।

२५ मेमा नाजिर मसिहले पवित्र कुरानको पाना जलाएको आरोप लगाउँदै भीडले उनको घरमा आक्रमण गरेको थियो।

उनको परिवारलाई प्रहरीले समयमै बाहिर निकाले पनि सत्तरी वर्षका मसिहलाई भीडले समातेर नराम्ररी कुटपिट गरी हत्या गरेको थियो। उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो र एक हप्ता पछि उनको मृत्यु भयो।

पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले यो घटना भीड हिंसा मात्र नभई नाजिर मसिहको परिवारमाथि लक्षित हमला भएको ठहर गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ९ : ४८ बजे