न्यूयोर्क—बीएमडब्ल्यू, जगुआर ल्यान्ड रोभर र फक्सवागनले संयुक्त राज्य अमेरिकामा चीनमा जबरजस्ती श्रम प्रयोग गरी बनाएको पार्टपुर्जामा प्रतिबन्धित लगाएको भए पनि याी कम्पनीहरुले प्रयोग गरिरहेको अमेरिकी कङ्ग्रेसको अनुसन्धानले देखाएको छ।
सिनेट फाइनान्स कमिटीले सोमबार जारी गरेको प्रतिवेदनमा कार कम्पनीहरूले उत्तरपश्चिम चीनको सिनजियाङ क्षेत्रमा उइघुरलाई जबरजस्ती श्रममा लगाएरा बनेका पार्टपुर्जाहरू प्रयोग गरेर सवारी साधनहरू विकास गरेको बताएको छ।
२०२१ उइघुर जबरजस्ती श्रम रोकथाम ऐन अन्तर्गत, कम्पनीहरूले उत्पादनमा जबरजस्ती श्रम प्रयोग नगरेको प्रमाणित गर्न नसकेसम्म सिनजियाङबाट संयुक्त राज्य अमेरिकामा सामानको आयातमा प्रतिबन्ध लगाइएको छ।
बेइजिङमाथि उइघुरसहित १० लाखभन्दा बढी मुस्लिमलाई सिनजियाङको हिरासतमा राखेको आरोप लगाइएको छ। चिनियाँ अधिकारीहरूले आरोप अस्वीकार गर्दै आएका छन्।
कंग्रेसको रिपोर्ट अनुसार बीएमडब्लुले अप्रिल २०२४ सम्म प्रतिबन्धित उत्पादनहरू प्रयोग गरेको थियो।
प्रतिक्रिया