लाहोर— पाकिस्तानमा हरेक दिन करिब ५०—५५ जनाले आत्महत्या गरिरहेका बाहिरिएको छ ।
आत्महत्या गर्ने अधिकांश पुरुषहरू छन्, जसमध्ये ७० प्रतिशत १५—२९ वर्ष उमेर समूहका मानिस रहेको तथ्यांकले देखाएको छ । आत्महत्या अहिले युवाहरूमा मृत्युको चौथो प्रमुख कारण बनेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार पाकिस्तानमा सन् २०१९ मा १९ हजार ३३१ आत्महत्याको घटना भएको छ । जसमध्ये, १४ हजार ७७१ पुरुष र ४ हजार ५६० महिला रहेका छन् । डब्ल्यूएचओको अनुमान अनुसार प्रत्येक दिन १० देखि २० जनाले आत्महत्या गर्ने बताइएको छ । यस तथ्यांकाई मूल्यांकन गर्दा पाकिस्तानमा वार्षिक रूपमा १ लाख ४० हजार देखि देखि ३ लाख सम्म आत्महत्याको प्रयास गर्ने गरेका छन् ।
पाकिस्तानी युवाहरू सामना गर्ने मानसिक स्वास्थ्य समस्याको प्रमुख कारकमा शैक्षिक दबाब, लागूपदार्थको दुरुपयोग, साइबर बुलिङ, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, पारिवारिक विवाद र आर्थिक अवसरहरूको अभाव रहेका छन् ।
प्रतिक्रिया