श्रीनगरमा पर्यटकको संख्या बढ्दै गएपछि हाउसबोट ‘हाउसफूल’



कश्मीरस्— भारतमा गर्मीले उत्पात मच्चाईरहेको बेला जम्मु र कश्मीरको कश्मीर क्षेत्रमा पर्यटनको आगमनमा उल्लेख वृद्धि भएको छ । यस क्षेत्रका ताल र छेउछाउका क्षेत्रहरूमा सबै हाउसबोट भरिभराउ भएका छन् ।

यस उपत्यकाका विभिन्न भागबाट आउने पर्यटकले यहाँको डल ताल र आसपासका क्षेत्रमा लगभग हरेक दिन रमाइलो गर्ने गरेको देखिन्छ, जसले यहाँ पर्यटकको चहलपहल बढेको सङ्केत गर्दछ ।

शिकारा संघका अध्यक्ष वली मोहम्मदले उपत्यकामा पर्यटकको घुइँचो बढेको भए पनि आगामी दिनमा पर्यटक आगमनमा अझै वृद्धि हुने आशा रहेको बताए ।

कश्मीर हाउसबोट ओनर्स एसोसिएसनका अध्यक्ष मन्जुर अहमद पख्तुनले यो पर्यटनको लागि ‘पीक सिजन’ हो किनभने बाहिरी राज्यहरूमा बिदाहरू छन् ।

हाउसबोट सञ्चालक गौहर अहमदले पनि हालका लागि सबै हाउसबोट पर्यटकले भरिभराउ भएको बताए । ‘यसपटक सबै हाउसबोट ‘हाउसफुल’ भएकाले हाउसबोट बुकिङ गर्नेले एक महिनाअघि नै कन्फर्म गरिसक्नुपर्छ,’ उनले भने ।

जम्मु र कश्मीर उपत्यकामा विगत केही वर्षदेखि पर्यटकको संख्यामा बृद्धि भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ११ : ४९ बजे