उर्लाबारी
मोरङको उर्लाबारी –२ माझीचौक स्थित जेनिल लिम्बूको घर बनाउने कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ ।
लिम्बुको निर्माणाधीन घरको दोस्रो तलामा इँटा जोडिरहनु भएका उर्लाबारी–२ का ४८ वर्षीय शनिकुमार श्रेष्ठको बुधवार दिउँसो मृत्यु भएको हो । छतबाट खसेर गम्भीर घाइते हुनु भएका श्रेष्ठलाई तत्काल उर्लाबारी –३ को मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पुर्याइएको थियो । गम्भीर घाइते श्रेष्ठको त्यहाँ उपचार हुन नसकेपछि न्युरो अस्पताल विराटनगर पठाइएको थियो ।
अस्पताल नपुग्दै श्रेष्ठको बाटो मै मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । श्रेष्ठ श्रीमती र नातिनीसँग बस्दै आउनु भएको थियो । निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरू सुरक्षित नभई काम गर्ने गर्दा दुर्घटनामा पर्ने गरेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया