भारतीय हाजीको लागि पहिलो पटक जेद्दाह एयरपोर्टबाट मक्कासम्मको लागि उच्च गतिको रेलको प्रबन्ध



जेद्दाह— मक्काको यात्रामा गएका भारतीय हाजीहरूले मक्कासमम पुग्न उच्च गतिको रेल प्रयोग गरेका छन् ।

यसअघि, जेद्दाहबाट मक्का जाने सबै तीर्थयात्रीहरूले साउदी अधिकारीहरूले उपलब्ध गराएको बसहरू प्रयोग गर्ने गर्दथे । तर, यो वर्ष जेद्दाहस्थित भारतीय महावाणिज्य दूतावासले साउदी अधिकारीसँगको सहकार्यमा करिब ३२ हजार भारतीय हाजीलाई उच्च गतिको रेल सेवाको विशेष व्यवस्था गरेको थियो ।

यो नयाँ व्यवस्थाले तीर्थयात्रीहरूको लागि आरामदायी यात्राको अनुभूत गराएको छ । यो सँगै जेद्दाह र मक्का बीचको यात्रा समयलाई उल्लेखनीय रूपमा घटाएको छ। हारामेन उच्च गतिको रेल ३०० किलोमिटर प्रति घन्टाको गतिमा गुद्ने गरेको छ । रेलको यात्राले बस सेवाको तुलनामा यात्राको समय आधाले घटाउँछ।

साउदी अरबका लागि भारतीय राजदूत डाक्टर सुहेल अजाज खान र कन्सुल जनरल मोहम्मद शाहिद आलमले जेद्दाह एयरपोर्टबाट मक्कासम्म रेलमा भारतीय तीर्थयात्रीहरूको पहिलो समूहलाई मे २६ मा एस्कर्ट गरेका थिए।

यस वर्ष भारतबाट कुल १ लाख ७५ हजार हाजीले हज यात्रा गर्ने छन् जसमध्ये १ लाख ४० हजारलाई भारतको हज कमिटीमार्फत गएका छन् । बाँकी तीर्थयात्रीहरू निजी टुर अपरेटरमार्फत यात्रा गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १० : ५४ बजे