वाशिंगटन— अमेरिकी कार्यवाहक सहायक मन्त्री विपिन नारङ र अन्तर्राष्ट्रिय सहयोगका लागि भारतका संयुक्त सचिव विश्वेश नेगीले अन्तरिक्ष सहयोगको विषयमा छलफल गरेका छन् ।
संवादको क्रममा, नारङ र नेगीले अन्तरिक्ष सहयोगलाई सुदृढ गर्ने अवसरहरूबारे छलफल गरेको अमेरिकी रक्षा विभागका प्रवक्ता सेमी जेसिका एन्डरसनले जारी गरेको विज्ञप्तिका उल्लेख गरिएको छ । मन्त्रीस्तरीय वार्ताको क्रममा अमेरिकी रक्षा मन्त्री र भारतीय रक्षा मन्त्री द्वारा अन्तरिक्ष सहित विकसित र उदीयमान रक्षा डोमेनहरूमा सहकार्यलाई गहिरो बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।
भ्रमणमा रहेको भारत सरकारको प्रतिनिधिमण्डलले अमेरिकी अन्तरिक्ष कमाण्ड, संयुक्त वाणिज्य अपरेशन सेल र अमेरिकी रक्षा विभागका आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञहरूसँग पनि भेटघाट गरेको थियो।
अप्रिलको सुरुमा, भारत—अमेरिका संयुक्त कार्य समूह, डिफेन्स टेक र ट्रेड इनिसिएटिभ अन्तर्गत सञ्चालित, दुई राष्ट्रहरू बीच रक्षा सहयोगलाई बलियो बनाउन नयाँ दिल्लीमा दुई दिने बैठकको आयोजना भएको भारतीय वायुसेनाले भनेको छ ।
बैठकमा सहयोग र सह—उत्पादन अभिवृद्धि गर्न दुवै साझेदार राष्ट्रहरूको आ—आफ्नो शक्तिको उपयोगमा केन्द्रित भएको थियो।
प्रतिक्रिया