पाकिस्तानको चीनमाथि निर्भरता बढ्दै



लाहोर— पाकिस्तान शासित कश्मीर र गिलगिट—बाल्टिस्तान सहित पाकिस्तानका विभिन्न प्रान्तमा आर्थिक संकट चुलिएको छ । जसको परिणामस्वरूप विभिन्न हिंसाको घटनामा वृद्धि भएको छ ।

पाकिस्तान चीन अर्बौं डलरको ऋणी भएको छ । यो ऋण पाकिस्तानले चीनबाट हतियार खरिद गरि झन् बढाएको छ ।

पाकिस्तानले हतियारको अत्यधिक खरिद गर्ने क्रमले हतियारका लागि चीनमाथिको निर्भरता बढाएको छ। तथ्याङ्कले इस्लामाबादको हतियार आयातको ८२ प्रतिशत २०१९–२०२३ चीनबाट आयात गरेको थियो । जबकी २००९ देखि र २०१३ को बीचमा जम्मा ५१ प्रतिशत रहेको थियो ।

पाकिस्तान चीनको हतियार आपूर्तिको लागि प्रमुख बजार बनेको छ। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट को रिपोर्ट अनुसार चीनको ६० प्रतिशतभन्दा बढी हतियार निर्यात पाकिस्तानमा हुने गरेको छ। फलस्वरूप, पाकिस्तान विश्वमा हतियारको पाँचौं ठूलो आयातकर्ताको रूपमा उभिएको छ।

पाकिस्तान र चीनबीचको यी गतिविधिले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढाएको छ। अत्यधिक सैन्य खर्चले अविकसित अर्थतन्त्रहरूमा आर्थिक वृद्धिमा कुनै पनि योगदान गर्दैन् ।
हालैका रक्षा सम्झौताहरूले चीनले इस्लामाबादको सार्वभौमसत्तालाई कमजोर पार्ने संकेत गर्छ। पाकिस्तानले ऋणको दायित्वका कारण हतियार सम्झौतामा संलग्न छ र आर्थिक रूपमा चीनमा निर्भर छ।

यसको साथै पाकिस्तानबाट हुने सम्भावित जोखिम र धम्कीहरूको वृद्धिले छिमेकीहरूलाई थप हतियारहरू प्राप्त गर्न प्रेरित गर्न सक्छ, जसले हतियारको दौड निम्त्याउन सक्छ। ऐतिहासिक रूपमा, हतियार दौडहरूले दुश्मनी र अनिश्चितताको वातावरण सिर्जना गरेको छ, जसको प्रमाण विश्व युद्ध र शीत युद्धले देखाएको छ।

पाकिस्तानले भर्खरै स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरेको छ र आईएमएफ र चीन जस्ता देशहरूबाट अर्बौं डलरको ऋणको बोझ छ। मुद्रास्फीति, बिजुली र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको महँगी र बेरोजगारी जस्ता आधारभूत मुद्दाहरूले गर्दा विभिन्न प्रान्तहरूमा उत्पन्न हुने राजनीतिक अस्थिरता निम्तिएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ४४ बजे