बेरोजगारी बढ्दै जाँदा चीनका विभिन्न सहरमा राइड–सेयरिङको प्रयोगकर्तामा उलेख्य वृद्धि



बेइजिङ—चीनका नगरपालिका सरकारहरूले आफ्ना बेरोजगार नागरिकहरूलाई राइड–सेयरिङ गर्नबाट रोक्न खोजिरहेका छन् । यस्तो प्रतिबन्ध दक्षिणपूर्वी जियाङ्सी प्रान्तको पोर्सिलेन हब भनेर चिनिने सहर जिंगदेजेनबाट आएको हो। सहरको यातायात प्राधिकरणले सहरमा निजी कारहरूको संख्या वर्षौंदेखि बढ्दै गएको छ, र अनलाइन राइड सेयरिङ बजारको क्षमता वृद्धि हुँदै गएको बताएको छ ।

स्थानीयले १५ राइड–सेयरिङ गरे बापत् प्रतिदिन औसत २४० युआन कमाउने गरेका छन् । अप्रिलदेखि कम्तिमा पाँच अन्य शहरहरूबाट पनि यस्तै चेतावनी आएको छ। गत हप्ता, दक्षिणपूर्वी फुजियान प्रान्तको पुटियान र मध्य हेनान प्रान्तको शाङ्किउ दुबैले राइड–सेयरिङ कारहरूको संख्यालाई निस्तेज पारिएको बताए।

पूर्वी जियाङ्सु प्रान्तको सुझाउ, चोङ्छिङ नगरपालिका र जियाङ्सी प्रान्तको यिङटान सहरले गत महिना यस्तै घोषणाहरू जारी गरेका थिए।

मार्चको अन्त्यसम्ममा यसको डाउनटाउन क्षेत्रमा ५७,६०० भन्दा बढी कारहरू सवारीका लागि दर्ता भएको सुझोउले बताएको छ, जुन अघिल्लो चौथाईको तुलनामा ३,४६६ ले बढेको छ।

कार र सवारी चालक अनुमतिपत्र मात्र चाहिने भएकाले चीनका धेरै नागरिकले राइड–सेयरिङलाई पार्ट—टाइम रुपमा काम गरिरहेका छन् ।

२०२३ को अन्त्यमा चीनमा झण्डै ६६ लाख अनलाइन ट्याक्सी चालक दर्ता भएका थिए, जुन एक वर्ष अघिको तुलनामा झण्डै ३० प्रतिशतले बढेको देशको यातायात मन्त्रालयले जनाएको छ। यसको विपरित, राइड–सेयरिङ यात्रुहरूको संख्या सोही अवधिमा २० दशमलव ७ प्रतिशतले बढेर ५२ लाख भन्दा बढी पुगेको चाइना इन्टरनेट नेटवर्क सूचना केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ४२ बजे