लाहोर— पाकिस्तानमा अल्पसंख्यक इस्लामिक सम्प्रदाय अहमदीको सबैभन्दा धेरै बसोबास रहेको छ । यद्यपी, उनीहरूको अस्तित्वको लागि संघर्ष गरिरहेका छन् ।
प्रायः पाकिस्तानी सरकारले उनीहरुको आस्थामा प्रतिबन्ध लगाएको छ र उनीहरूलाई ‘काफिर’ वा इस्लाम विरोधीको आरोप लगाउने गरिएको छ ।
राज्य सञ्चालित राष्ट्रिय मानवअधिकार आयोगले पनि मुस्लिम राष्ट्रको रूपमा आफ्नो पहिचानको घमण्ड गर्ने मुलुकमा इस्लामिक समुदायले भोगेका मानवअधिकार उल्लङ्घनका घटना प्रतिवेदन मार्फत बाहिर आएको छ ।
उनीहरुको धार्मिक स्थल र चिहानमा हत्या, आक्रमण र भत्काउने घटना यति सामान्य भइसकेका छन् कि यस्ता घटना मुख्यधाराका पत्रपत्रिकामा विरलै समाचार आउने गरेका छन् । आयोगले १९८४ देखि सेप्टेम्बर २०२३ सम्ममा २८० भन्दा बढी अहमदी मारिएका छन् भने ४१५ माथि आक्रमण भएको छ । यस्तै, ५१ अहमदिया पूजास्थलमा क्षति पु¥याइएको छ भने ३९ वटामा आगो लगाइएको छ, १८ वटा धार्मिकस्थल जबरजस्ती कब्जा गरिएको छ र ४६ ओटालाई सरकारी अधिकारीहरूले सिल गरेका छन्। ।
यतिमात्र होइन पाकिस्तानी सरकारले ६२ अहमदिया पूजास्थलको निर्माण रोकेको छ, परिवारलाई ३९ शव निकाल्न बाध्य पारेको छ र ९६ शवलाई गाड्न अस्वीकार गरेको छ। यो वर्ष मात्रै पाकिस्तानका विभिन्न भागमा ९९ वटा अहमदी चिहानहरू अपवित्र र क्षतिग्रस्त भएका छन्।
प्रतिक्रिया