कोशी प्रदेशमा चट्याङसहित वर्षा



काठमाडौँ

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बङ्ग्लादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । त्यस्तै, कोशी प्रदेश एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखले बुलेटिन जारी गरी जानकारी दिएको छ ।

यसैगरी, कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : २३ बजे