पाकिस्तानले आत्मघाती बम विष्फोटमा मारिएका पाँच चिनियाँका परिवारलाई २५ लाख ८० हजार अमेरिकी डलर क्षतिपूर्ति दिँदै



इस्लामाबाद— पाकिस्तानले मार्च महिनामा मारिएका पाँच चिनियाँ इन्जिनियरहरूको परिवारलाई क्षतिपूर्तिको रूपमा २५ लाख ८० हजार अमेरिकी डलर मिलियन दिनुपर्ने भएको छ ।

उनीहरु चढ्ने गाडीमा मार्च महिनामा आत्मघाती बम आक्रमण भएको थियो ।

चिनियाँहरू काम गर्ने पाकिस्तानको सबैभन्दा ठूलो दासु बाँधतर्फ जाँदै गर्दा बिशाम सहरमा आक्रमण भएको थियो।

अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मार्च २६ मा भएको आक्रमणमा मारिएका पाकिस्तानी चालकको परिवारलाई पनि सरकारले ८ हनार ९ सय ५० अमेरिकी डलर दिने बताएको छ।

सरकारले हमला अफगानिस्तानमा नियोजित भएको र बम आक्रमणकारी अफगान नागरिक रहेको बताएको छ । यद्यपी, अफगानिस्तानको तालिबान सरकार र पाकिस्तानी लडाकुहरूले आरोप अस्वीकार गर्दै आएका छन्।

अर्थमन्त्री मोहम्मद औरङ्गजेबको नेतृत्वमा बसेको बैठकले क्षतिपूर्ति स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानमा चीन—पाकिस्तान आर्थिक करिडोरसँग सम्बन्धित परियोजनाहरूमा हजारौं चिनियाँहरू काम गरिरहेका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १० : ०८ बजे