चीनको थ्री गर्जेसका पूर्व प्रमुख काओ गुआङजिङलाई घुस लिएको आरोपमा आजीवन जेल सजाय



हुबेई— मध्य चीनका एक पूर्व वरिष्ठ अधिकारीलाई २१ करोड ६० लाख युआन (२९ दशमलव ८ मिलियन अमेरिकी डलर) घूस लिएको र अन्यलाई आन्तरिम व्यापारबाट फाइदा लिन मद्दत गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ।

पूर्वी प्रान्त जिआङ्सुको जुझाउ मध्यवर्ती जन अदालतले हुबेई प्रान्तका पूर्व डेपुटी गभर्नर ६० वर्षीय काओ गुआङजिङलाई सजाय सुनाएको हो ।

अदालतले काओले चाइना थ्री गर्जेस कर्पोरेशन प्रमुख हुँदा र हुबेई सरकारमा २००२ देखि २०२२ सम्म आफ्नो उच्च पदको फाइदा उठाएर घूस लिएको आरोप लगाइएको छ ।

उनी जनवरी २०२१ मा हुबेई प्रान्तको डेपुटी गभर्नर र पुनर्संरचना कार्यको प्रभारी हुँदा हुबेई सूचीबद्ध कम्पनीको बेलआउट योजनाको बारेमा जानकारी चुहावट गरेकोमा पनि दोषी ठहरिएको थिए।

अदालतले काओले स्वीकार गरेको घुस रकम धेरै भएको र मुद्दाहरूको अवस्था गम्भीर रहेको बताएको छ ।

उनलाई घुसखोरीको अभियोगमा आजीवन कारावास र ‘इन्साइडर ट्रेडिङ गरेको अभियोगमा ६ वर्ष जेल सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ११ : २० बजे