माल्दिभ्सद्वारा भारतको रुपे कार्ड शुरू गर्ने तयारी



माले— माल्दिभ्सले चाँडै भारतको रुपे कार्ड सेवा सुरु गर्ने भएको छ ।

नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाको उत्पादन रुपे कार्ड भारतमा एटीएम, पीओएस यन्त्र, र ई–कर्मश वेबसाइटमा प्रयोग हुने गरेको छ ।

माल्दिभ्सका आर्थिक विकास र व्यापार मन्त्री मोहम्मद सईदले भारत र चीन द्विपक्षीय व्यापारमा यी देशहरुको स्थानीय मुद्रा प्रयोग गर्ने घोषणा गर्दै भारतको रुपे चाँडै सञ्चालन गर्ने बताएका छन् ।

भारतको रुपे सेवाको आगामी प्रक्षेपणले माल्दिभियन रुफियालाई अझ बलियो बनाउने अपेक्षा गरिएको सईदले सरकारी समाचार संस्था पीएसएमलाई बताएका छन् ।

यद्यपी, गत नोभेम्बरमा चीन समर्थक राष्ट्रपति मोहम्मद मुइज्जुले सत्ता सम्हालेदेखि माल्दिभ्स र भारतबीचको सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ११ : १८ बजे