कराँची— पाकिस्तानमा अज्ञात समूहबाट गोली लागि गम्भिर घाइते भएका स्थानीय पत्रकार नसरुल्लाह गडानीको कराँची स्थितको एक अस्पतालमा निधन भएको एआरवाई न्यूजले उल्लेख गरेको छ।
गडानी केही दिनअघि घोटकी जिल्लाको मिरपुर माथेलो नजिक अज्ञात आक्रमणकारीको निर्ममतापूर्वक गोली हानेका थिए ।
नसरुल्लाह गडानी आफ्नो निवासबाट मिरपुर माथेलो प्रेस क्लब जाँदै गर्दा उक्त घटना भएको हो। कारमा आएका हतियारधारीले दीन शाह नजिकै जारवार रोडमा पत्रकारलाई गोली हानेर भागेका थिए ।
गोली लागेर गम्भीर घाइते भएका गडानीलाई तत्काल उपचारका लागि मिरपुर माथेलो डीएचक्यू अस्पताल लगिएको थियो। पछि उनलाई शल्यक्रियाका लागि रहिम यार खानको शेख जायद मेडिकल कलेज अस्पतालमा लगिएको थियो। त्यसपछि, उनलाई कराँचीको आगा खान अस्पतालमा लगिएको एआरवाई न्यूजले उल्लेख गरेको छ ।
नसरुल्लाह गडानीले आफ्नो साहसी पत्रकारिताका लागि परिचित थिए । उनी सिन्धी अखबारका लागि काम गर्ने गरेका थिए । उनी स्थानीय सामन्त, राजनीतिक व्यक्तित्व र सरकारी अधिकारीहरू विरुद्ध निडर रिपोर्टिङका लागि प्रसिद्ध थिए।
नसरुल्लाह गडानीको असामयिक निधनप्रति पत्रकार समुदायले गहिरो दुःख व्यक्त गर्दै शोक व्यक्त गरेको छ ।
प्रतिक्रिया