चण्डीगढ— अबु धाबीमा रहेको लुलु ग्रुप इन्टरनेशनलले पञ्जाबको अमृतसरमा लाजिस्टिक तथा खाद्य प्रशोधन केन्द्र सुरु गर्ने भएको छ । लुलु ग्रुप मध्य पूर्व, सुदूर पूर्व र अफ्रिकामा शपिंग मल, हाइपरमार्केट र खाद्य प्रशोधन केन्द्र सञ्चालन गरिरहेको छ ।
लुलु ग्रुप इन्टरनेशनलले विश्वव्यापी मञ्चमा भारतीय कृषि उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। कम्पनीले आफ्नो सबै हाइपरमार्केटहरूमा भारतीय उत्पादनहरू र ब्रान्डहरूको प्रवद्र्धन गर्नुको साथै विक्री पनि गर्नेछ ।
भारतमा, समूहको विभिन्न राज्यहरूमा यसको लोजिसिटक र खरीद केन्द्रहरू हुनेछन् जहाँबाट यसले वार्षिक रूपमा ४५,००० मेट्रिक टन भन्दा बढीको कृषि र अन्य उत्पादनहरूको १०,००० करोड रुपैयाँको निर्यात गर्दछ। यी सबै उत्पादन लुलु ग्रुपको २७० स्टोरहरू उपलब्ध हुनेछ।
निर्देशक सलिम एमएले अमृतसर स्थानीय उत्पादनको स्रोतको एक हिस्सा हुनेछ जसले साना तथा मझौला उद्योग, स्थानीय किसान, कृषि सहकारी र किसान उत्पादक संस्थालाई ठूलो मद्दत गर्ने बताएका छन् । हाम्रो समूहले विभिन्न स्थानीय कृषि र अन्य उत्पादनहरूको भण्डारण, प्रशोधन, ग्रेडिङ र प्याकिङका लागि अमृतसरमा लाजिस्टिक र खाद्य प्रशोधन केन्द्र पनि खोल्ने योजना बनाएको उनले बताएका छन् ।
प्रतिक्रिया