नयाँ दिल्लीः माील्दभ्स सरकारले चिनियाँ जहाजलाई माल्दिभ्सको पानीमा अनुसन्धान गर्न नदिएको दाबी गरेको छ ।
माल्दिभ्सका विदेशमन्त्री मोसा जमीरले चिनियाँ समुद्री अनुसन्धान जहाज सियाङ याङ होङ ३ माल्दिभ्सको समुद्र पछि फर्र्किएपछि यो भनाई आएको हो ।
हिन्द महासागरको शान्ति र सुरक्षा भारत र माल्दिभ्स र श्रीलंका र अन्य छिमेकी देशको लागि महत्वपूर्ण भएको उनले बताएका छन् ।
अप्रिल २७ मा चीन समर्थक माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको सत्तारुढ पिपुल्स नेशनल कंग्रेस (पीएनसी) ले संसदीय चुनाव जितेको दुई महिना भित्रै टापु राष्ट्रमा चिनियाँ समुद्री अनुसन्धान जहाज सियाङ याङ होङ ३ माल्दिभ्स हुँदै फकिएको थियो ।
यसैबीच, रक्षा मन्त्री घसान मामुनले गत महिना माल्दिभ्सको संसदलाई चिनियाँ जहाजले माल्दिभ्सको पानी भित्र र नजिकै यात्रा गर्दा पनि कुनै अनुसन्धान नगर्ने बताएका थिए ।
नोभेम्बरमा राष्ट्रपति मुइज्जुले पदभार ग्रहण गरेपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । पछिल्लो समय माल्दिभ्स सरकार चीनलाई समर्थन गरेको छ भने माल्दिभ्समा तैनाथ करिब ८० भारतीय सेना फिर्ता गरेको छ ।
प्रतिक्रिया