भारतको आर्थिक सहयोग माल्दिभ्सको अर्थतन्त्रको अभिन्न अंगः माल्दिभ्सका विदेशमन्त्री



नयाँ दिल्ली– माल्दिभ्सका विदेश मन्त्री मोसा जमीरले भारतका विदेशमन्त्री एस जयशंकरसँगको भर्खरै भएको भेटमा ऋण सहायतको बारेमा छलफल गरेका छन् । छलफलको क्रममा माल्दिभ्स भारतले प्रदान गर्ने आर्थिक सहयोग माल्दिभ्सको अर्थतन्त्रको लागि अभिन्न अंग भएको उल्लेख गरेका छन् ।

माल्दिभ्सका जनता भारत सरकारबाट प्राप्त गरेको धेरै अनुदानबाट लाभान्वित भएको उनले बताएका छन्।

यसअघि भारतीय विदेशमन्त्री जयशंकरले माल्दिभ्सका विदेशमन्त्री मोसा जमीरसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए।

विदेश मन्त्री एस जयशंकरले भारत र माल्दिभ्स बीचको सम्बन्धको विकास पारस्परिक हित र दुई देशको पारस्परिक संवेदनशीलतामा आधारित रहेको बताएका छन् ।

जयशंकरले भारतले माल्दिभ्सको विकास सहायताको प्रमुख सहयोगी भएको र भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित परियोजनाहरूले देशका जनताको जीवनमा फाइदा पु¥याएको बताए ।

उनले भारतले विगतमा पनि माल्दिभ्सलाई विभिन्न आर्थिक सहयोग प्रदान गरेको स्मरण गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : ०२ बजे