काठमाडौँ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले बढेको छ । आइतबार प्रतितोला रु. एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु. एक लाख ३७ हजार दुई सय कायम भएको छ ।
साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु. तीन सयले बढेर रु. एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला रु. २५ ले बढेर रु. एक हजार आठ सय ८० कायम भएको छ ।
प्रतिक्रिया