पाकिस्तानका बलुच विद्यार्थीद्वारा जबरजस्ती नगर्न माग



इस्लामाबाद— पाकिस्तानको बलुच विद्यार्थी परिषद (बीएससी) इस्लामाबादले बलुचिस्ताने प्रान्तमा उत्पीडनको सामना गरिरहेको बताएका छन् ।

नेशनल प्रेस क्लब ९एनपीसी० मा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै, बीएससी नेता इक्राम बलोच र अन्य काउन्सिल सदस्यहरूले एरिड एग्रीकल्चर युनिभर्सिटी, रावलपिंडीका विद्यार्थी फिरोज बलोचलाई २०२२ मे ११ मा विश्वविद्यालयतर्फ जाँदै गर्दा अपहरण गरिएको थियो।

उनीहरुले अदालतमा मुद्दा दायर र विरोध प्रदर्शन गरे पनि फिरोजको कुनै सुराग नआएको बताए ।

त्यस्तै, फिरोजको अपहरणपछि उनका क्लास फेलो अहमद खान बलोचलाई पनि बलुचिस्तानबाट अपहरण गरिएको उनीहरूले बताए ।

पत्रकार सम्मेलनमा सहभागीहरुले दुई वर्ष बितिसक्दा पनि बेपत्ता विद्यार्थीको खोजी नगरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेका छन् ।

उनीहरूले बलुचिस्तानका मानिसहरू र विद्यार्थीहरू विगत दुई दशकदेखि बलपूर्वक बेपत्ताको सामना गरिरहेको दाबी गरेका छन् ।

उनीहरूले इस्लामावाद र पञ्जाबका बलूच विद्यार्थीहरूलाई कानून प्रवर्तन एजेन्सीहरूले उत्पीडनको सामना गरिरहेको र यसका कारण विद्यार्थीहरू मानसिक पीडामा परेको र उनीहरूको शिक्षामा असर परेको दाबी गरेका छन् ।

उनीहरुले कुनै विद्यार्थी गल्ती गरेको भए अदालतमा हाजिर हुनुपर्ने तर जबर्जस्ती बेपत्ता हुनुको औचित्य नहुने बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ११ : ५७ बजे