ईयू र भारतबीच आतंकवाद विरोधी गतिविधिको प्रतिकार गर्न आपसी सहयोगमा जोड



नयाँ दिल्ली— युरोपेली संघ (ईयु) र भारतले सबै प्रकारका आतङ्कवादको कडा निन्दा गरेको छ र प्रतिआतंकवाद चुनौतीहरूसँग लड्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिएको भारतको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। ।

ईयु र भारतबीच नयाँ दिल्लीमा भएको १४औँ काउन्टर—टेररिज्म संवादमा यस मुद्दामा केन्द्रित भएका थिए जसको उद्देश्य ईयु र भारत रणनीतिक साझेदारीमा सहयोगलाई सुदृढ पार्ने थियो।

यस सन्दर्भमा, उनीहरूले संयुक्त राष्ट्र संघ र ग्लोबल काउन्टर—टेररिज्म फोरम (जीसीटीएफ) जस्ता बहुपक्षीय फोरमहरूमा सहयोग महत्त्वपूर्ण रहने कुरामा सहमत भए।

बैठकले क्षेत्रीय खतरा मूल्याङ्कन, राज्य प्रायोजित र सीमापार आतंकवाद, आतंकवाद वित्त पोषण लगायतका विषयमा छलफल भएको थियो ।

दुई देशबीच सूचनाको आदानप्रदान, क्षमता अभिवृद्धि र कानून प्रवर्तन र न्यायिक साझेदारीलाई सुदृढ गर्दै आतंकवाद विरोधी सहयोगलाई सुदृढ गर्ने महत्वमा जोड दिए ।

उक्त बैठकको सह—अध्यक्षता यूरोपेली संघका सुरक्षा तथा रक्षा निर्देशक जोआनके बालफोर्ट र भारतको विदेश मन्त्रालयमा काउन्टर—टेररिज्मका लागि राजदूत केडी देवलले गरेका थिए।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ४ : २२ बजे