ताइपेई— ताइवानको गुप्तचर एजेन्सी नेसनल सेक्युरिटी ब्यूरो (एनएसबी) ले चीनले युरोपमा ताइवान समर्थक गतिविधिहरूमा अवरोध पुर्याउँदै अमेरिका र युरोपेली संघ बीचको विभाजनलाई उक्साउने प्रयास गरिरहेको बताइएको छ ।
चिनियाँ नेता सी जिनपिङको फ्रान्स, सर्बिया र हंगेरीको भर्खरैको भ्रमणलाई ध्यानमा राखेर प्रतिवेदनले ताइवानको राष्ट्रिय सुरक्षामा थप ध्यान केन्द्रित गर्नुपर्ने आवश्कता देखिएको उल्लेख गरिएको छ ।
चीनले युरोपेली संघको रणनीतिक स्वायत्ततालाई जोड दिन फ्रान्सलाई प्रयोग गर्ने योजना बनाएको थियो भने अमेरिकाको विरूद्ध ईयूसँग सम्बन्ध बढाइरहेको ताइवान समाचारले उल्लेख गरेको छ ।
यसबाहेक, चीनमा जर्मनीको बलियो आर्थिक चासो बढेकाले जर्मनीसँग पनि प्रगाढ सम्बन्ध बढ्ने विश्वास व्यक्त गरिएको छ ।
यसैबीच, चीनले सर्बिया र हंगेरीसँगको मैत्रीपूर्ण सम्बन्धलाई युरोप भित्र विभाजन बढाउन र अमेरिका विरोधी भावनालाई बढावा दिन पनि प्रयोग गर्ने एनएसबीको रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया